१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त हुनुभयो । उहाँसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गर्नुभयो । 

नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।
   
आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उहाँहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । आजै प्रधानमन्त्री देउवासँग वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्रीको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । साथै उहाँले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताउनुभयो ।

कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य व्यक्त गर्दै उहाँले भन्नुभयो, “पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु ।”

प्रधानमन्त्री देउवा नोभेम्बर भोलि र पर्सी स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादवसमेत हुनुहुन्छ ।