६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश



अ+ अ-

काठमाडौँ । अदालतले आशिष देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले युवा–युवतीलाई रडले डामेर यातना दिने देउलालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।

३३ वर्षीय देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । देउलाको समूहले भदौ ७ मा विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका थिए ।

पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

साथै, देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।