२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश



अ+ अ-

काठमाडौँ । अदालतले आशिष देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले युवा–युवतीलाई रडले डामेर यातना दिने देउलालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।

३३ वर्षीय देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । देउलाको समूहले भदौ ७ मा विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका थिए ।

पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

साथै, देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।