३ जेष्ठ २०८२, शनिबार
,
Latest
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन-चित्रबहादुर केसी भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनु भयो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

समितिले आजको बैठकबाटै अस्टे«लियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।
समितिका ज्येष्ठ सदस्य सभापति ढुंगानाले भन्नुभयो, ‘संवैधानिक परिषद्को मिति २०८१ भदौ ३१ को निर्णय र नेपाल सरकार मन्त्रीपरिषद्को मिति भदौ २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश र अस्टे«लियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत र राजदुतमा चित्रलेखा यादवको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको सञ्चालन नियमावली ८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको जानकारी गराउँछु ।’

अनुमोदित प्रधानन्यायाधीश र राजुदतलाई अब राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।