१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने

सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताउनुभएको छ ।

बुधवार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताउनु भयो । उहाँले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए/नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताउनु भयो ।

उहाँले पानीको शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधन, श्रोतहरुको व्यवस्थापन गर्ने बताउनु भयो । उहाँले ट्यांकरको पानीमा न्युनतम पानी शुद्धिकरणका उपाय अपनाएको छ वा छैन भन्नेबारेमा मापदण्ड तोकेर निगरानी राख्नुपर्ने बताउनु भयो । उहाँले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैल्याउनुपर्ने बताउनु भयो । उहाँले खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा व्यक्ति र मिति तोकेरै समन्वय गर्ने समूह बनाइ काम अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साझा विषयको सन्दर्भमा हामीले यसलाई व्यवस्थित बनाएर अगाडि लैजान खोजेको हो । यसमा मुख्यगरी पानीको शुद्धिकरण कसरी गर्न सकिन्छ, हाम्रो मूख्य विषय त्यो हो । पानीको शुद्धिकरणका लागि हामीले परिचालन गर्ने संयन्त्र र त्यसको निम्ति आवश्यक पर्ने साधन, श्रोत केले कसरी शुद्धिकरण गर्ने हो ? क्लोरिन गर्ने, ट्याबबाट गर्ने केके उपायहरु हुन्, त्यसको लागि आवश्यक पर्ने साधन उपलब्ध हुनुपर्‍यो । कसले कसरी गर्ने भन्नेकुरा पनि व्यवस्थित हुनुपर्छ । ट्यांकरले पानी वितरण गर्दा उसले न्युनतम पानी शुद्धिकरणका निम्ति के गर्नुपर्ने हो, त्यसको मापदण्ड तोकिनुपर्छ । त्यसको कार्यान्वयन कसले कसरी गर्ने हो रु त्यो अनुसार तय हुनुपर्छ । जनचेतना फैल्याउने विषय पनि छ । त्यो रिङटोन एउटा भयो । भिडियो बनाउने र प्रचारप्रसारका लागि अपनाउने उपाय अपनाउनु पर्छ । पानी उमालेर शुद्ध पानी खान जनचेतना बिस्तार गर्नुपर्छ । यसमा मिति नै तोकेर एउटा खानेपानीको संयुक्त रुपमा व्यक्ति तोकेर समन्वय गर्ने एउटा टिम बनाऔँ । २१ जिल्ला, वागमती प्रदेश र उपत्यकामा बढी प्रभाव परेको छ । यसलाई बढी केन्द्रित गरेर काम अघि बढाऔँ ।’

मन्त्री पौडेलले पानी जम्मा गरिएका ट्याङ्कीमा पानी शुद्धिकरणका लागि आवश्यक संयन्त्र परिचालन गर्ने बताउनु भयो । उहाँले पानीको सप्लाई संयन्त्रको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनु भयो ।