१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डको शानदार खेल, भारत लगातार दोस्रो खेलमा पराजित



अ+ अ-

ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा न्यूजील्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।  टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले सात विकेट गुमाएर ११० रन मात्र बनाएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १११ रनको झिनो लक्ष्य पछ्याएको न्यूजील्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

न्यूजील्यान्डका लागि डारिल मिचेलले ३५ बल खर्चेर सर्वाधिक ४९ रन बनाए । यस्तै, कप्तान केन विलियमसनले ३३, मार्टिन गप्टिलले २० तथा डेवोन कोनवेले दुई रन बनाए ।  

भारतका लागि तिब्र गतिका बलर जस्प्रित बुमराहले दुई विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन मात्र बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६, हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४ रन तथा रिषभ पन्तले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यो जितसँगै न्यूजील्यान्डले २ खेलबाट २ अंक जोडेको छ भने भारत लगातार दुई खेलमा पराजित भएर हालसम्म अंक विहीन छ । यो हारपछि भारतको अवस्था विश्वकपको अर्को चरणमा प्रवेश गर्ने सम्भावना निकै कठिन भएको छ । यस समूहमा पाकिस्तान ६ अंक सहित पहिलो स्थानमा छ भने ४ अंक बनाएको अफगानिस्तान दोस्रो स्थानमा छ ।

अंक तालिका

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया