२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डको शानदार खेल, भारत लगातार दोस्रो खेलमा पराजित



अ+ अ-

ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा न्यूजील्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।  टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले सात विकेट गुमाएर ११० रन मात्र बनाएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १११ रनको झिनो लक्ष्य पछ्याएको न्यूजील्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

न्यूजील्यान्डका लागि डारिल मिचेलले ३५ बल खर्चेर सर्वाधिक ४९ रन बनाए । यस्तै, कप्तान केन विलियमसनले ३३, मार्टिन गप्टिलले २० तथा डेवोन कोनवेले दुई रन बनाए ।  

भारतका लागि तिब्र गतिका बलर जस्प्रित बुमराहले दुई विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन मात्र बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६, हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४ रन तथा रिषभ पन्तले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यो जितसँगै न्यूजील्यान्डले २ खेलबाट २ अंक जोडेको छ भने भारत लगातार दुई खेलमा पराजित भएर हालसम्म अंक विहीन छ । यो हारपछि भारतको अवस्था विश्वकपको अर्को चरणमा प्रवेश गर्ने सम्भावना निकै कठिन भएको छ । यस समूहमा पाकिस्तान ६ अंक सहित पहिलो स्थानमा छ भने ४ अंक बनाएको अफगानिस्तान दोस्रो स्थानमा छ ।

अंक तालिका

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया