८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अधिवेशन अन्त्य हुँदा एमसिसी मुख्यालयको चासो



अ+ अ-

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार जारी विज्ञप्तिमा एमसिसीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि साझा मूल्य, प्रजातान्त्रिक मान्यता र विश्वासमा आधारित सुदृढ साझेदारीको निरन्तरता एमसिसी परियोजना भएको जिकिर गरेको छ । एमसिसी अघि बढ्ने नबढ्ने अब नेपालकै हातमा रहेको पनि उसले स्पष्ट पारेको छ । 

एमसिसीले भूकम्पपछि अमेरिकाले नेपाललाई गरेको सहयोग, कोभिडविरुद्ध हालै १६ लाख खोप उपलब्ध गराएको पृष्ठभूमि उल्लेख गर्दै एमसिसी सम्झौता अनुमोदन गर्न कूटनीतिक दबाब दिएको छ । अमेरिकाले दिने भनेको ५० करोड अमेरिकी डलरबराबरको एमसिसी सम्झौता नेपाली कानुनअनुसार संसद्बाट पारित गर्न ढिलाइ हुनुले लाखौँ नेपालीहरूले लिने फाइदामा ढिलाइ भएको पनि एमसिसीले जिकिर गरेको छ ।

एमसिसीका उपाध्यक्ष फतेमा सुमारको नेपाल भ्रमण, सरकारले पठाएका प्रश्नहरूको प्रस्टीकरण उल्लेख गर्दै एमसिसीले नेपाल सरकारको प्रतिबद्धताले सम्झौताको आगामी बाटो स्पष्ट पारिसकेको पनि दाबी गरेको छ । एमसिसी पारित हुनुअघि नै संसद्को अधिवेशन अन्त्य भए पनि गठबन्धनका नेताहरूले एमसिसी संसद्बाट पारित गर्ने प्रक्रियाबारे जानकार रहेको धारणा व्यक्त गरेको एमसिसीले विज्ञप्तिमा उल्लेख गरेको छ । एमसिसी पारित हुन भइरहेको ढिलाइले ५० करोड अमेरिकी डलर अनुदानबाट हुने परियोजनाले दुई करोड ३० लाख मानिसलाई भरपर्दो ऊर्जा सुरक्षित रोडको पहुँचमा पुग्न ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ । (नयाँ पत्रिका दैनिकमा समाचार छ)




भर्खरै