१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महात्मा गान्धीः यसरी बनाइएको थियो हत्याको योजना



अ+ अ-

एजेन्सी । दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ।

रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ।

मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन्।

ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को ज्यानुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले र्‍याडिसन ब्लू मरीना होटल भनिन्छ) नाथुराम गोडसे र नारायण आप्टे आएका थिए।

समय बिहानको ११ बजेभन्दा अघिको थियो। दुवै जनाले एस देशपाण्डे र एसएन देशपाण्डेको नाममा होटलका कोठा बुक गराए।

त्यस बेला अहिलेको जस्तो होटलमा कोठा बुक गराउँदा आफ्नो परिचय खुलाउने कुनै प्रमाण देखाउनुपर्दैनथ्यो।

मरीना होटलको कोठा नं. ४०
ती दुवै साथी १५ देखि २० मिनेटमा कालो र पहेँलो रङ्गको ट्याक्सीबाट कनोट प्लेस पुगे होलान्।

उनीहरू अलबुकर्क रोड (जसलाई अहिले तीस ज्यानुअरी मार्ग भनिन्छ) भएर होटल गएको हुनुपर्छ।

गान्धीलाई अनशन तोड्न लगाउन बिडला हाउसतर्फ हजारौँ मानिस जाँदै गरेको ती दुई जनाले देखेको हुनुपर्छ।

खासमा आप्टे र गोडसे गान्धीको हत्या गर्ने भयानक योजना कार्यान्वयन गर्न दिल्ली पुगेका थिए।

उनीहरूले होटलको पहिलो तल्लामा ४० नं। कोठा पाए। विमानबाट उनीहरू मुम्बईबाट सफदरजङ्ग विमानस्थलमा ओर्लिएका थिए।

उनीहरूका बाँकी साथी रेलबाट दिल्ली आइरहेका थिए।

गान्धीसँग किन रुष्ट ?
खासमा सन् १९४८ को ज्यानुअरी १२ मा गान्धीले अनशन थाल्न लागेको जब आप्टे र गोडसेले थाहा पाए, त्यसैबेला नै उनीहरूले गान्धीको हत्या गर्ने मनशाय बनाए।

गान्धीका कान्छो छोरा देवदास गान्धीकी छोरी तथा लेखिका सुकन्या भरत राम भन्छिन्, ‘गान्धीले दिल्लीमा १९४८ को ज्यानुअरी १३ मा किन अनशन सुरु गर्नु आप्टे, गोडसे र उनीहरूका साथी रुष्ट हुनुको एउटा कारण थियो।’

‘दिल्लीमा मुस्लिमहरू मारिँदै थिए, उनीहरूका सम्पत्ति लुटिँदै थियो र हिंसा तथा आगजनी रोकिने कुनै छाँटकाँट नै देखिइरहेको थिएन। अन्त्यमा दङ्गा नियन्त्रणका लागि नैतिक दबाव सिर्जना गर्ने उद्देश्यका साथ गान्धीले अनशन सुरु गर्ने निर्णय जेनुअरी १२ मा गरे।’

त्यतिबेला हिन्दुस्तान टाइम्सका सम्पादक रहेका गान्धीका छोरा देवदास गान्धीले आफ्ना बुवालाई अनशन नबस्न सुझाए।

आप्टे, गोडसे र उनीहरूका साथीहरू रुष्ट हुनुको अर्को कारण थियो – सरकारी सम्पत्ति भारत र पाकिस्तानबीच बाँडफाँट गरिनु।

राज्यकोषमा रहेको रकम पनि बाँडफाँट गरियो। पाकिस्तानको भागमा ७५ करोड रुपैयाँ आयो। सुरुमा पाकिस्तानलाई २० करोड दिइयो। बाँकी रह्यो ५५ करोड रुपैयाँ।

गान्धी बाँकी रकम पनि पाकिस्तानलाई अविलम्ब दिइयोस् भन्ने चाहन्थे। यो कुरा गोडसेसहित उनका साथीहरूलाई मन परेको थिएन।

आप्टे र गोडसेलाई बाँकी साथीहरूको प्रतीक्षा थियो। साँझ पर्नासाथ उनीहरूका साथी मदनलाल पाहवा, विष्णु करकरे र गोपाल गोडसे मरीना होटल पुगे।

उनीहरू ह्यान्डग्रिनेड, टाइमबम र पेस्तोल लिएर दिल्ली आएका थिए।

'फ्रीडम एट मिड नाइट' मा लेखकद्वय डोमिनिक ल्यापिएर र ल्यारी कोलिन्सले लेखेअनुसार गान्धीको हत्याबारे योजना बनाइरहँदा करकरे र आप्टेले मदिरा मगाए।

गोडसेले मदिरापान गर्दैनथे। उनी कफीप्रेमी थिए। उनी मरीना होटलमा पटकपटक कफी मगाइरहन्थे।

रिगलदेखि बिडला हाउससम्म
ज्यानुअरी २० मा प्रार्थनासभाका क्रममा गान्धीमाथि बम आक्रमण गर्ने योजना मरीना होटलमा बन्यो।

यसबीचमा योजनामा सहभागी सबैले बिडला हाउसबारे बुझिरहे। निर्धारित दिन आयो।

नाथुराम गोडसे, गोपाल गोडसे, नारायण आप्टे, विष्णु करकरे र मदनलाल पाहवा ट्याक्सी लिएर बिडला हाउस पुगे। बिडला हाउसमा मदनलाल पाहवाले विस्फोट गराए।

पछि थाहा भयो कि एउटा भारतमै निर्मित बम थियो जसमा ठूलो क्षति गराउने क्षमता थिएन। त्यो विस्फोट गराएकोमा मदनलाल पाहवालाई पक्राउ गरियो।

उनीहरू सबै जना गान्धीको ज्यान लिन उद्यत थिए। पहिला गान्धीको प्रार्थनासभामा बम हान्ने उनीहरूको लक्ष्य थियो। त्यसपछि त्यहाँ भागदौड मच्चिएपछि गान्धीमाथि गोली प्रहार गर्ने योजना थियो।

पाहवा र विष्णु करकरे पहिले बिडला हाउस पुगिसकेका थिए। बाँकीलाई लिएर ट्याक्सीचालक सुरजित सिंह त्यहाँ पुगे। पछि सुरजित सिंह सरकारको तर्फबाट बयान दिन सहमत भए।

मदनलाल पाहवा त्यहाँ एउटा फोटोग्राफरका रूपमा पुगे। विस्फोटपछि उनका साथी त्यहाँबाट भागे। 

त्यति भयावह घटनापछि बिडला हाउसको सुरक्षा व्यवस्था कडा बनाइनुपर्थ्यो।

तर के त्यस्तो कुनै प्रयास भयोरु यदि प्रयास गरिएको भए गान्धी मारिने थिएनन्।

अर्कोतर्फ पहिलो प्रयासमा सफलता नपाएपछि पनि गोडसे र आप्टे १० दिनभित्र दोस्रो पटक बम्बईबाट दिल्ली आए।

ज्यानुअरी २० पछि दुवै जना बम्बई फर्केका थिए। प्रहरी कारबाहीमा पर्न सक्ने भएकोले उनीहरू मरीना होटल गएनन्।

उनीहरूले पुरानो दिल्लीको रेल्वे स्टेशनको प्रतीक्षालयलाई सुरक्षित देखे। गोडसेले नारायण आप्टेसँग त्यही रात बिताए।

दिल्लीमा ज्यानुअरी २७ मा गान्धी सूफी बख्तियार काकीको समाधिस्थल जाने सूचना उनीहरूलाई प्राप्त भयो।

उक्त स्थलमा दङ्गाकारीहरूले क्षति पुर्‍याएका थिए जसबाट गान्धी मर्माहत थिए।

त्यो गान्धीको जीवनको अन्तिम कार्यक्रम थियो। त्यो कार्यक्रमबारे थाहा पाएपछि उनीहरूको रगत उम्लियो।

त्यतिबेला विष्णु करकरे पनि गोडसे र आप्टेसँगै थिए।

इतिहासकार दिलीप सिमियन भन्छन्, ‘गान्धी उक्त धार्मिकस्थल पुगेपछि उनलाई तुरुन्तै मार्नुपर्ने उनीहरूको मनशाय देखियो।’

ज्यानुअरी ३० को त्यो कालोदिन आइपुग्यो। त्यो दिन उनीहरूले गान्धीको हत्या गर्नु थियो।

गान्धीमाथि नाथुराम गोडसेले गोली हान्ने योजना थियो।

गान्धीको अन्तिम दिनका एक(एक क्षणबारे खुलासा गर्ने पत्रकार स्टीभन मर्फी लेख्छन्, ‘ज्यानुअरी २० को हमलापछि बिडला हाउसमा ३० जना प्रहरी तैनाथ गरिएको थियो। नेहरू पटेलको आग्रहलाई गान्धीले पनि स्वीकारे। तर गोडसेले गान्धीमाथि गोली हान्ने बेला उनीसँग सादा पोसाकमा हुने प्रहरी एपी भाटिया अनुपस्थित हुन्छन्।’

ूत्यो दिन भाटियालाई अन्यत्र खटाइन्छ। उनको सट्टा गान्धीको सुरक्षाका लागि अर्का सुरक्षाकर्मी हुँदैनन्। गान्धीसँग भइरहने सहयोगी गुरुवचन सिंह पनि हुँदैनन्।ू

एउटा प्रश्न यो पनि थियो कि त्यतिबेला बिडला हाउसभित्र कसैले सजिलै प्रवेश पाउन सक्थे त ? के त्यहाँ छिर्नेबारे सोधखोज गरिँदैनथ्यो ? बिडला हाउसको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले के गर्थे ?

भाटियालाई ज्यानुअरी ३० मा कसले र किन अन्यत्र खटाए ? के यी प्रश्नका उत्तर अब कसैले दिँदैन ?

हो, ज्यानुअरी ३० मा चाँदनीचोक क्षेत्रमा सफाइकर्मीहरूले ठूलो प्रदर्शन गरिरहेका थिए। त्यसैले धेरै सुरक्षाकर्मीलाई त्यहाँ पठाइएको थियो।

उसो भए के भाटिया चाँदनीचोकमै थिए ? अर्थात् के गान्धीलाई मर्न दिन एक्लै छाडिएको थियो ?

अझ दुःखको कुरा त के छ भने साँझबिहान गान्धीसँग रहने उनकी निजी चिकित्सक सुशीला नैयर पनि त्यो दिन थिइनन्। उनी पाकिस्तान गएकी थिइन्।

गान्धीलाई गोली हानिएको केही बेरपछि डा. डीपी भार्गव र डा. जीवाजी मेहता घटनास्थल पुगेका थिए।

डा. मेहताले गान्धीलाई मृत घोषित गरेका थिए।

‘द लाइफ अफ महात्मा गान्धी' पुस्तकमा लुई फिशर लेख्छन्, ‘नेहरू पनि तत्काल बिडला हाउस पुगे। उनी रगतले लतपतिएको गान्धीको शवसँग टाँसिएर रोइरहेका थिए।’

‘त्यसपछि गान्धीका कान्छो छोरा देवदास गान्धी, शिक्षामन्त्री मौलाना अबुल कलाम अजाद पनि बिडला हाउस पुगे।’

गान्धी हत्याकाण्डका प्रमुख दुई अभियुक्तलाई फाँसीको सजाय दिइयो भने बाँकीलाई जन्मकैद दिइयो। बीबीसीबाट साभार