३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक-उपभोक्ता समन्वयमा सहमत: म्याक्रोन



अ+ अ-

रोम । जी २० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । 

आइतबार जी २० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । 

ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिदै भन्नुभयो,  जी २० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन् ।
त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भनेका छन् छ ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ।