काठमाडौं । नेपालका ४ प्रशिक्षक एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा ४ प्रशिक्षक उत्तीर्ण भएका हुन् ।
उत्तिर्ण हुने प्रशिक्षकहरुमा विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठ र मनिष तिम्सिना रहेका छन् ।
लकडाउन अघि नोभेम्बर २०२० मा भएको कोर्षमा २२ जनाले सहभागिता जनाएका थिए । योसँगै नेपालमा ‘ए’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।
प्रशिक्षक गुरुङ हाल संकटा क्लबको मुख्य प्रशिक्षकमा कार्यरत छन् भने साहुखलले ए डिभिजनमा च्यासलको प्रशिक्षण सम्हाल्नेछन् ।
यस्तै श्रेष्ठले नेपाल महिला यू-१६ टोलीको जिम्मेवारी सम्हालिसकेका छन् भने तिम्सिना भारतीय क्लब गोकुलम केरालामा गोलरक्षक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।