१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा चयन भएका थिए । हाल प्रदेश १ मा ९२ सांसद रहेकोमा एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन ४७ संख्या आवश्यक पर्छ । 

यस्तै विपक्षी गठबन्धनका ५० सांसदमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक रास्ट्रिय मन्चका १ छन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।