१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा दक्षताका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरुको जोड



अ+ अ-

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भईरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा दक्षता तथा त्यसको संरक्षण सम्बन्धि कानुन तत्काल ल्याउनुपर्ने बताउनु भएको हो ।

केन्द्रको रजत महोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवद्र्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान पनि गर्नु भयो । उहाँले भन्नु भयो, ‘कम खपत गरेर ऊर्जा दक्षता वृद्धि गर्न सो सम्बन्धि कानुन सरकारले तत्काल ल्याउनु पर्दछ । र यस क्षेत्रका कार्यरत संघ, संस्था, विज्ञ तथा नीति निर्माताहरुले पनि आफ्नो क्षेत्रबाट ऊर्जाको दक्षता वृद्धिका लागि आवश्यक प्रबन्ध गर्न ढिलाई गर्न हुन्न ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विगत ३ वर्षयता ऊर्जा दक्षताको क्षेत्रमा काम गरिरहेको छ । कोभिडका विरामीहरुको उपचारमा समस्या नआउने गरी ऊर्जा खपत गर्ने गरी राष्ट्रिय स्तरका विभिन्न अस्पतालमा केन्द्रित भएर ऊर्जा दक्षता सम्बन्धि कामलाई अघि बढाएको पनि केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिनु भयो । त्यसैगरी उद्योग क्षेत्रमा पनि ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक प्रविधिको विकासमा केन्द्रले काम गरिरहेको छ ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु र ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरु, सम्बन्धित संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका छन ।