१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र बाढीले ४१ करोडको क्षति



अ+ अ-

विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी रु१२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी रु चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिनुभयो ।

यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्ने श्रेष्ठले बताउनुभयो । कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताउनुभयो । 

यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा रु ५० लाख ९७ हजार र दंसबक्राहा नदीमा रु ८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएकोछ । मेसिन औजारतर्फ रु९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ रु ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ रु७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ रुएक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब रु१० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिनुभयो । बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । बाह्र जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, एक हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झण्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ । रासस