काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू आपसी छलफलमा जुटेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज (मंगलबार) पनि छलफलका लागि भेला भएका हुन् ।
प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले हिजो साँझ भेटवार्ता गरेको थियो ।
सो भेटवार्तामा उठेका कुराहरूको विषयमा आजको बैठकमा छलफल हुने बुझिएको छ ।
यता न्यायाधीशहरू छलफलमा जुटेका कारण अहिलेसम्म सर्वोच्चमा इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश जबराले आजका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकेका छन् ।