१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

टक्सार विभागमा असर्फी किन्नेको भिड (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो ।

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढि मानिसहरुको घुईँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन् । उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन् ।

हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन् । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।