२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारीमा प्रविधिमन्त्री पौडेल



अ+ अ-

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा आज भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताउनुभयो । 

“पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो, “भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेको छ ।”

अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरुलाई प्राथमिकीकरण गरेर तीनमहिने कार्ययोजना बनाउन लागेको जानकारी दिनुभयो । 

सङ्घीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको मन्त्री पौडेलले बताउनुभयो । शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताउनुभयो । 

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आउनुभएका मन्त्री पौडेल जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्री पौडेललाई एकाइका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिविधि, विद्यालय भवन पुनर्निर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

प्रेस सेन्टरको सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । “समग्र विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध छ ।” 

मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दीलगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । रासस