२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत परिसरमा वकिलहरूको प्रदर्शन जारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ ।

वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन सो समूहले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन रहेको भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने टुंगोमा वकिलहरु पुग्न सकेका छैनन् ।

आज साँझसम्म प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको एक वकिलले जानकारी दिए ।