१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण



अ+ अ-

बैतडी । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गर्नुभएको छ । 
    
सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँ आज यहाँ आउनुभएको हो । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो । 

निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रुपमा मद्दत गर्ने स्थानीयवासीलाई आश्वासन दिनुभयो । उहाँले भन्नभयो, “ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ ।” रासस