१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण



अ+ अ-

बैतडी । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गर्नुभएको छ । 
    
सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँ आज यहाँ आउनुभएको हो । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो । 

निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रुपमा मद्दत गर्ने स्थानीयवासीलाई आश्वासन दिनुभयो । उहाँले भन्नभयो, “ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ ।” रासस