१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातको भाडादर आफैं बढाउने व्यवसायीहरुको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । 

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिनु भएको हो ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताउनु भयो । 

उहाँले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिनु भयो । यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ । उहाँले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताउनु भयो । 

सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गर्नु भयो । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गर्नु भयो । उहाँले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गर्नु भयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिनु प¥यो । यदि सरकारले सार्वजनिक सवारी साधनालाई सहुलियत नदिने हो भने सार्वजनिक सवारीबाट सबै बजारलाई अस्थव्यस्त बनाउँछ । यातायात व्यवसायीको यो कुरा सरकारले सुनुवाइ भएको छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरु आफ्नै काममा लाग्नु भएको छ । सार्वजनिक सवारी साधन कसरी चलि राखेको छ । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेस्त धोस्त भएको छ । ठूलो अुमानित १० अर्ब लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र धोस्त भएको छ । 

यस्तो सरकारले यस्तो क्षेत्रलाई किन धोस्त पार्न खोजिएको हो । सरकारले यसलाई बुझेर सहज वातावरण बनाउन सरकारलाई अनुरोध गर्छु । यातायात व्यवसायीहरुले फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रुपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौं । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने २५ गतेसम्मको अल्टिमेट हुन्छ । यदि सरकारले सुनुवाइ गरेन भने सरकारले बनाएको वैज्ञानिक भाडादर कै ३५ प्रतिशत अर्थात ५ रुपैयाँ भन्दा माथि जाने विषयलाई टेकेर वैज्ञानिक ढङगबाट जे सरकारले आकडा निकालेको छ । त्यही आधारमा भाडा समायोन गरिन्छ । अहिलेसम्म २५ रुपैयाँ मूल्य वृद्धि भएको छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै पाँच रुपैयाँ कानूनी रुपमा नै भाडा बढ्दै जानुपर्ने हो । तर सरकारले गरेन । पेट्रोलियम पदार्थमा बढेको २५ रुपैयाँको मार अहिलेको मार हो । अब २५ रुपैयाँको भार बोलेर नेपालभरीका सवारी साधन चल्न सक्दैनन् । नेपाल भरीका यातायात व्यवसायीहरुबाट हामीलाई फोन आएको छ । धेरै ठाउँमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेका छन । 

दिनभरी सवारी चलाएर एक लिटर पेट्रोलियम पदार्थमा २५ रुपैयाँ तिर्नु पर्दा सवारी साधन ग्यारेजमा नै थन्किने अवस्था आउँछ । हामीले सबै निकायमा पत्रचार परेका छौं । माग सम्बोधन भएको छैन । यो माग सम्बोधन नगर्नु नेपाली जनताको ढाड सेक्नुु हो । सवारी साधनको भाडा बढ्ने वितिकै विरोध गर्ने तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा केही नबोल्ने गरिएको छ । २५ गतेसम्म सरकारले हाम्रो माग सम्बोधन नगरे सरकारले तोकेको वैज्ञानिक भाडादर अनुसार आफैले नयाँ भाडा समायोजन गरेर जान्छौं ।’

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।