५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग



अ+ अ-

काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । प्राकृतिक प्रकोपमा आफन्तजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै राजदूत सोङले थप सहयोगका लागि चीन तयार रहेको पनि बताउनुभएको छ ।

चीनले प्राकृतिक विपतका बेला नेपाललाई आर्थिक तथा राहत सामाग्री उपलब्ध गराउँदै आएको छ । गत वर्ष जाजरकोट भूकम्प पीडितलाई राहत सामाग्री लिएर चिनियाँ वायुसेनाका विमानहरु पोखरा विमानस्थलमा अवतरण गरेका थिए ।

चीनले खोज तथा उद्धार कार्यमा पनि प्राविधिक सहयोग पुर्याउँदै आएको छ ।