२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार परिवर्तन भए संगै राजदूत फिर्ता बोलाउनु गलतः नारायणकाजी श्रेष्ठ



file
अ+ अ-

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार परिवर्तन संगै राजदूतहरु फिर्ता बोलाउनु गलत भएको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै श्रेष्ठले यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बन्ने जनाउनु भयो ।

उहाँले लेख्नुभएको छ – त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको  कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन। नेता श्रेष्ठले लेख्नुभएको छ- शिर्ष नेताहरुले यो बिषयमा पटक पटक छलफल भएको तर  कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भनेको पनि स्मरण गर्नुभएको छ ।

उहाँले राजदूत पद भागबण्डा गर्ने भन्दा पनि साझा सुचि बनाउनु पर्ने आफ्नो प्रस्ताब रहेको जनाउदै कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था आएको जनाउनु भयो । उहाँले लेख्नु भएको छ- त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमुर्त राम्रा कुरा गर्ने तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा  हुने गरेकोले यसलाई तोड्ने साहास  गरौं ।