३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल



अ+ अ-

अमान । जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ । जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गर्नुभएको थियो । 

त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा संकटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ । त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताउनुभएको थियो । 

सिरियामा वर्षौँदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन् । यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन । (रासस/सिन्हवा)