३ पुष २०८२, बिहीबार
,
Latest
उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा सङ्क्रमण



अ+ अ-

मस्को । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ ।

यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ ।

यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।