३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा



अ+ अ-

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।  

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उहाँको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहनुभएको छ । इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । 

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ । 

सो विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ जहिले पनि शान्त, सार्वभौम र प्रजातान्त्रिक इराकको पक्षमा रहेको पनि स्पष्ट गरिएको छ ।  सो आक्रमणको घटनाको जिम्मा कुनै समूहले लिएको छैन । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्ने गर्छ । यसैकारणले पनि प्रधानमन्त्री कादिमी सुरक्षित रहनुभएको बताइएको थियो ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको एक विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । 

प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबै संयमित रहनु पनि अपिल गर्नुभएको छ । (रासस-सिन्ह्वा)