• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनबाट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको उम्मेदवारी



काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा सत्ता साझेदार दलले गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत रहेका घिमिरे पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

अध्यक्ष पदका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेललाई पनि दाबेदार मानिएका थियो । बारको महासचिव पदका लागि अङ्किता खनाललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने अधिवेशनका लागि सत्ता साझेदार दलमध्ये तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मोर्चाबन्दी गरेर उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेससँग निकट मानिएका कानून व्यवसायीलाई अध्यक्ष, माओवादी केन्द्र निकटलाई महासचिव र एकीकृत समाजवादी निकट कानून व्यवसायीलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिनेगरी सहमति भएको बुझिएको छ ।