१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा सत्ता साझेदार दलले गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत रहेका घिमिरे पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

अध्यक्ष पदका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेललाई पनि दाबेदार मानिएका थियो । बारको महासचिव पदका लागि अङ्किता खनाललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने अधिवेशनका लागि सत्ता साझेदार दलमध्ये तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मोर्चाबन्दी गरेर उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेससँग निकट मानिएका कानून व्यवसायीलाई अध्यक्ष, माओवादी केन्द्र निकटलाई महासचिव र एकीकृत समाजवादी निकट कानून व्यवसायीलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिनेगरी सहमति भएको बुझिएको छ ।