१ आश्विन २०८३, बिहीबार
,
Latest
माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल प्रति धनराजको कटाक्ष: कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने नेताको रुपमा चित्रित गर्नुभएको छ ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा आयोजित  दीप प्रज्वलन कार्यक्रममा उपसभापति गुरूङले भन्नुभयो ‘गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोहोर्याएर लिएर आउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन्,।’

उहाँले प्रचण्डलाई आफ्नो स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रह समेत गर्नुभएको छ । 




भर्खरै