५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल प्रति धनराजको कटाक्ष: कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने नेताको रुपमा चित्रित गर्नुभएको छ ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा आयोजित  दीप प्रज्वलन कार्यक्रममा उपसभापति गुरूङले भन्नुभयो ‘गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोहोर्याएर लिएर आउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन्,।’

उहाँले प्रचण्डलाई आफ्नो स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रह समेत गर्नुभएको छ ।