२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिविपन्नलाई १० हजार रुपैयाँ बाँड्न अर्थले निकाल्यो सूचना



अ+ अ-

काठमाडौंः अर्थ मन्त्रालयले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार रूपैयाँ वितरण गर्न सूचना जारी गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को बजेटमा राहत स्वरुप एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ वितरण गर्न लागेको हो ।

कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब पाँच लाख परिवारलाई उक्त रकम वितरण गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

अनुदान प्राप्त गर्न चाहने परिवारको कुनै एक सदस्यले १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।

सूचनामा नगद राहत प्राप्त गर्न योग्य लाभग्राहीमा निम्न व्यक्ति एवं परिवारलाई समेटिएको छ ।

१. विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदूर वा कामदार,

२.खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी,

३. दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया

४. कोभिड–१९ को संक्रमणका कारणबाट एका घर परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवार

मन्त्रालयले प्रकाशन गरेको सूचनामा नगद राहत प्राप्त गर्न अयोग्य परिवारको विवरण समेत उल्लेख गरिएको छ ।

१. निवेदन दिँदाको समयमा निवेदकको एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको,

२. परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एक महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको,

३. सञ्चित आय वा पैतृक सम्पत्तिबाट तत्कालको खर्च ावश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको,

४. प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रुपमा नगद प्राप्त गरेको परिवार ।