• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शन बनाउनुपर्छ : प्रेम बहादुर आले (भिडियोसहित)



file photo

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भगवान शिवले बास गरेको चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरीका अरबौँ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ । यो सर्किटको कन्सेप्टले यि शिवालयहरु प्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ ।’

पर्यटनमन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताउनुभयो । उहाँले एकपटक विश्वनाथ मन्दीरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथ देखि काशी विश्वनाथ सम्मको मोटरसाइकल  र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दीर र भारतको काशी विश्वनाथ मन्दीर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताउनुभयो । यि दुई धार्मिक स्थलहरुले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रुपमा पनि रहेको उल्लेख गर्नुभयो ।

शुक्रवार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल  र्‍याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढि मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।