१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रदर्शन



अ+ अ-

पोखरा । पेट्रोलियम पदार्थ तथा सिलिन्डर ग्यासमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले विरोध प्रदर्शन गरेको छ ।  

बिहीबार पृथ्वीनारायण क्याम्पस अगाडी अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरकारलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिँदै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन समेत गरिएको छ । 

आन्दोलनलाई सम्बोधन गर्दै क्याम्पस कमिटी अध्यक्ष बिष्णु पोखरेलले  मूल्यवृद्धि फिर्ता नहुँदासम्म अनेरास्ववियुले आन्दोलन थप चर्काउँदै लैजाने चेतावनी समेत दिएका छन् । 

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी कास्की अध्यक्ष बिजय पौडेल र अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले सम्बोधन गरेका थिए ।