२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण



अ+ अ-

रुपन्देही । बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ ।

नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकखण्ड वर्षौँसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएको जनाएको छ ।

“ढिलासुस्तीले पर्यावरण र वातावरणमा क्षति पुगेको छ, पर्यटकलाई समेत समस्या भएको छ”, सडक कार्यालयका प्रमुख जयलाल मरासिनीलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । धुवाँधुलोले बुटवल धुलाम्य हुँदा नागरिकको स्वास्थ्यमा  असर पुगेको विज्ञप्तिमा उल्लेख छ । ध्यानाकर्षणपत्र बुझाउँदै नगर कमिटी अध्यक्ष किसन ज्ञवालीले नागरिकको जीवनसँगै बुटवलको गौरव र सुन्दरतासँग गरिएको खेलवाडले पीडावोध गराएको बताउनुभयो । 

“चार–पाँच वर्षसम्म सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माणमा किन ढिलाइ गरिएको छ रु बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्ने अवस्था कहिलेसम्म ?” उहाँले प्रश्न गर्नुभयो । एमालेका नेता गोपाल रानाले सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ गर्ने र नियमित राजमार्ग सरसफाइ गर्ने काम तत्काल अगाडि बढाउन माग गर्नुभयो । 

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख मरासिनीले सडक निर्माणका क्रममा केही स्थानीयवासी अदालत गएपछि अवरोध सिर्जना भएको बताउनुभयो । निर्माण कम्पनीका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ । काम अघि नबढाए निर्माण कम्पनीको बजेट रोक्का गर्ने उहाँले बताउनुभयो । रासस