१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग माग्न बोलाइएका निधिले नै शुभकामना मागेपछि…



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा वर्तमान उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदबार बन्ने पक्का भएको छ । यो समेत संस्थापन पक्षबाट दुई जना उम्मेदवार बन्ने पक्का भएको छ ।

यसअघि नै सभापति शेरबहादुर देउवाले पुन सभापतिमा दोहोरिने बताइसकेका छन् । आज साँझ प्रधानमन्त्री देउवाले महाधिवेशनबारे छलफल गर्न भन्दै संस्थापन पक्षका शीर्ष नेताहरुलाई बोलाएका थिए । आफू निकटका नेताहरुको बैठक भनी बोलाइएको सो बैठकमा निधि पनि पुगेका थिए । यो समाचारले धेरैमा आशंका उत्पन्न भएको थियो कि निधि पनि देउवाको उपसभापति बस्न राजी भए ।

त्यसैले उनी बालुवाटार पुगेका छन् । तर परिस्थिति भने त्यस्तो रहेन । किनभने सभापति शेरबहादुर देउवाले आफूलाई सहयोग गर्न भनी बोलाइएको बैठकमा निधिले भने आफू नै सभापति उठ्ने बताएका थिए । उपसभापति विमलेन्द्र निधि लोकतान्त्रिक प्रतिस्पर्धाका लागि आफूले तयारी थालिसकेको बताए । उनले यतिमात्र बताएनन् बरु आफूलाई शुभकामना दिन देउवालाई आग्रह पनि गरे ।

त्यसपछि देउवाले हाँस्दै भने, लौ मेरो पनि शुभकामना छ त्यसो भए । यसरी देउवा र निधि आपसमा शुभकामना आदान(प्रदान गर्दै छुट्टिए । ो बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशनबारे सल्लाह गर्न बोलाएको बताएका थिए । देउवाले १४ औं महाधिवेशनमा अन्तिम कार्यकालका लागि आफू सभापतिको प्रत्याशी बन्ने बताए । उनले बैठकमा सहभागि उपसभापति निधिलाई आफूले यसअघि नै आग्रह गरिसकेको उल्लेख गरेका थिए ।

देउवापछि बोलेका उपसभापति निधि भने त्यो भन्दा पनि एक स्टेप अघि बढे र भने मैले त आफ्नो उम्मेदवारीबारे सभापतिसँग छलफल गरिसकेको हो, अब ब्याक हुने कुरा छैन । निधिको भनाई थियो, मैले पहिलेपनि शेरबहादुरजीलाई उम्मेदवारीबारे भनेको छु । मैले सधै उहाँलाई सहयोग गरेको हुँ, अब उहाँले मलाई सहयोग गर्नुपर्यो नि । उनीहरुको वार्तालाप सुनिसकेपछि त्यहाँ उपस्थित नेताहरुले भने, लौ संस्थापन पक्षकै दुई नेताले शुभकामना आदानप्रदान गरेपछि अबको अवस्था हे हुने हो ?