२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोग माग्न बोलाइएका निधिले नै शुभकामना मागेपछि…



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा वर्तमान उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदबार बन्ने पक्का भएको छ । यो समेत संस्थापन पक्षबाट दुई जना उम्मेदवार बन्ने पक्का भएको छ ।

यसअघि नै सभापति शेरबहादुर देउवाले पुन सभापतिमा दोहोरिने बताइसकेका छन् । आज साँझ प्रधानमन्त्री देउवाले महाधिवेशनबारे छलफल गर्न भन्दै संस्थापन पक्षका शीर्ष नेताहरुलाई बोलाएका थिए । आफू निकटका नेताहरुको बैठक भनी बोलाइएको सो बैठकमा निधि पनि पुगेका थिए । यो समाचारले धेरैमा आशंका उत्पन्न भएको थियो कि निधि पनि देउवाको उपसभापति बस्न राजी भए ।

त्यसैले उनी बालुवाटार पुगेका छन् । तर परिस्थिति भने त्यस्तो रहेन । किनभने सभापति शेरबहादुर देउवाले आफूलाई सहयोग गर्न भनी बोलाइएको बैठकमा निधिले भने आफू नै सभापति उठ्ने बताएका थिए । उपसभापति विमलेन्द्र निधि लोकतान्त्रिक प्रतिस्पर्धाका लागि आफूले तयारी थालिसकेको बताए । उनले यतिमात्र बताएनन् बरु आफूलाई शुभकामना दिन देउवालाई आग्रह पनि गरे ।

त्यसपछि देउवाले हाँस्दै भने, लौ मेरो पनि शुभकामना छ त्यसो भए । यसरी देउवा र निधि आपसमा शुभकामना आदान(प्रदान गर्दै छुट्टिए । ो बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशनबारे सल्लाह गर्न बोलाएको बताएका थिए । देउवाले १४ औं महाधिवेशनमा अन्तिम कार्यकालका लागि आफू सभापतिको प्रत्याशी बन्ने बताए । उनले बैठकमा सहभागि उपसभापति निधिलाई आफूले यसअघि नै आग्रह गरिसकेको उल्लेख गरेका थिए ।

देउवापछि बोलेका उपसभापति निधि भने त्यो भन्दा पनि एक स्टेप अघि बढे र भने मैले त आफ्नो उम्मेदवारीबारे सभापतिसँग छलफल गरिसकेको हो, अब ब्याक हुने कुरा छैन । निधिको भनाई थियो, मैले पहिलेपनि शेरबहादुरजीलाई उम्मेदवारीबारे भनेको छु । मैले सधै उहाँलाई सहयोग गरेको हुँ, अब उहाँले मलाई सहयोग गर्नुपर्यो नि । उनीहरुको वार्तालाप सुनिसकेपछि त्यहाँ उपस्थित नेताहरुले भने, लौ संस्थापन पक्षकै दुई नेताले शुभकामना आदानप्रदान गरेपछि अबको अवस्था हे हुने हो ?