२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधित क्षेत्रमा बारले प्रदर्शन गर्ने , प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा अवरोधको तयारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै दबाबमुलक आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन मुल ढोकामा नै धर्ना सहित जुलुस गर्ने भएको छ ।

बिहीबारदेखि सर्वाेच्च अदालत परिसरमा नै प्रदर्शनमा उत्रिएको बारले आज भने सर्वाेच्च अदालतको मुलढोका अगाडी प्रदर्शन गर्न लागेको हो । यसबारेमा बारमा प्रतिनिधिले सर्वोच्च मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई जानकारी गराइसकेका छन् ।  बारले शक्ति प्रदर्शन गर्ने भन्दै आफ्ना सदस्यहरुलाई बिहान साढे नौ बजे नै उपस्थित हुन निर्देशन दिएको छ । 

यो पनि पढ्नुहोस –   नेपाल बारको आन्दोलन जारी, अदालतको प्राङ्गण बाहिर निकाल्न प्रहरी बल प्रयोग (भिडियोसहित)

बिहीबार  सर्वोच्च अदालत परिसरमा नारा जुलुस गर्ने क्रममा कानून व्यवसायी र सुरक्षाकर्मी बीच धकेलाधकाल भएको थियो ।