१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधित क्षेत्रमा बारले प्रदर्शन गर्ने , प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा अवरोधको तयारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै दबाबमुलक आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन मुल ढोकामा नै धर्ना सहित जुलुस गर्ने भएको छ ।

बिहीबारदेखि सर्वाेच्च अदालत परिसरमा नै प्रदर्शनमा उत्रिएको बारले आज भने सर्वाेच्च अदालतको मुलढोका अगाडी प्रदर्शन गर्न लागेको हो । यसबारेमा बारमा प्रतिनिधिले सर्वोच्च मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई जानकारी गराइसकेका छन् ।  बारले शक्ति प्रदर्शन गर्ने भन्दै आफ्ना सदस्यहरुलाई बिहान साढे नौ बजे नै उपस्थित हुन निर्देशन दिएको छ । 

यो पनि पढ्नुहोस –   नेपाल बारको आन्दोलन जारी, अदालतको प्राङ्गण बाहिर निकाल्न प्रहरी बल प्रयोग (भिडियोसहित)

बिहीबार  सर्वोच्च अदालत परिसरमा नारा जुलुस गर्ने क्रममा कानून व्यवसायी र सुरक्षाकर्मी बीच धकेलाधकाल भएको थियो ।