• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

सर्वोच्च अदालत अगाडि बारको प्रदर्शन, कानून ब्यावसायी बीच नै झडप



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै दबाबमुलक आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन मुल ढोकामा नै धर्ना सहित जुलुस गरेको छ । 

निषेधित क्षेत्रमा प्रर्दशनका क्रममा सर्वोच्च अदालतको गेट  अगाडि   कानुन व्यवसायीहरुबीच नै  झडप समेत भएको छ । राजीनामा माग्ने र राजीनामा दिनु पर्दैन भन्ने कानून व्यवायायी बीच झडप भएपछि   केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहीबारदेखि सर्वोच्च अदालत परिसरमा नै प्रदर्शनमा उत्रिएको बारले आज भने सर्वोच्च अदालतको मुलढोका अगाडी प्रदर्शन गरेको हो । बारले शक्ति प्रदर्शन गर्ने भन्दै आफ्ना सदस्यहरुलाई बिहान साढे नौ बजे नै उपस्थित हुन निर्देशन दिएको थियो ।