१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत अगाडि बारको प्रदर्शन, कानून ब्यावसायी बीच नै झडप



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै दबाबमुलक आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन मुल ढोकामा नै धर्ना सहित जुलुस गरेको छ । 

निषेधित क्षेत्रमा प्रर्दशनका क्रममा सर्वोच्च अदालतको गेट  अगाडि   कानुन व्यवसायीहरुबीच नै  झडप समेत भएको छ । राजीनामा माग्ने र राजीनामा दिनु पर्दैन भन्ने कानून व्यवायायी बीच झडप भएपछि   केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहीबारदेखि सर्वोच्च अदालत परिसरमा नै प्रदर्शनमा उत्रिएको बारले आज भने सर्वोच्च अदालतको मुलढोका अगाडी प्रदर्शन गरेको हो । बारले शक्ति प्रदर्शन गर्ने भन्दै आफ्ना सदस्यहरुलाई बिहान साढे नौ बजे नै उपस्थित हुन निर्देशन दिएको थियो ।