९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
अ अ+ अ-

कञ्चनपुर। नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ ।

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोपचराको गणना हुँदै आएको छ ।

“सुनौलो तोपचरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उहाँले भन्नुभयो, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय सङ्घ (आइयुसिएन) को रातो सूचीमा सङ्कटापन्न अवस्थामा राखिएको छ, यसको प्रजनन अवधि मेदेखि सेप्टेम्बर महिनासम्म रहने गर्दछ ।”

नेपालमा तोपचराका नेपाल छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजाति पाइन्छन् । तीमध्ये सुनौलो तोपचरा संरक्षणका दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ । यस चराको मुख्य बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसेमैदान हो । तराईका प्राकृतिक घाँसेमैदानको विनाश, बासस्थानको सङ्कुचन तथा मानवीय गतिविधिका कारण यसको सङ्ख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौरा बताउनुहुन्छ ।

निकुञ्जमा गणनाका क्रममा सन् २०२२ मा २४८, सन् २०२३ मा २११ र सन् २०२५ मा १८४ वटा सुनौलो तोपचरा फेला परेका थिए । यसले पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो क्रममा रहेको देखाउँछ ।

सुनौलो तोपचराको दीर्घकालीन संरक्षणका लागि प्राकृतिक घाँसेमैदानको संरक्षण, बासस्थानको उचित व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निकुञ्जका सहायक मुख्य संरक्षण अधिकत विनयकुमार झाले बताउनुभयो ।

उहाँका अनुसार हरेक वर्ष गरिने गणनाले यस दुर्लभ चराको अवस्था बुझ्न तथा प्रभावकारी संरक्षण योजना बनाउन महत्वपूर्ण आधार प्रदान गर्छ ।