३२ असार २०८३, बिहीबार
,
Latest
मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री वित्तीय क्षेत्रको सुधार र मौद्रिक स्थायित्वका लागि नीतिगत स्पष्टता आवश्यकः गभर्नर पौडेल रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छौँः श्रममन्त्री उपराष्ट्रपति यादव स्वदेश फिर्ता ५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै प्रधानमन्त्री–राप्रपा भेटमा संविधान संशोधनदेखि स्वास्थ्य बीमा, मल आपूर्ति र सुकुम्बासी व्यवस्थापनसम्म छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु



अ+ अ-

कञ्चनपुर। नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ ।

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोपचराको गणना हुँदै आएको छ ।

“सुनौलो तोपचरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उहाँले भन्नुभयो, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय सङ्घ (आइयुसिएन) को रातो सूचीमा सङ्कटापन्न अवस्थामा राखिएको छ, यसको प्रजनन अवधि मेदेखि सेप्टेम्बर महिनासम्म रहने गर्दछ ।”

नेपालमा तोपचराका नेपाल छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजाति पाइन्छन् । तीमध्ये सुनौलो तोपचरा संरक्षणका दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ । यस चराको मुख्य बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसेमैदान हो । तराईका प्राकृतिक घाँसेमैदानको विनाश, बासस्थानको सङ्कुचन तथा मानवीय गतिविधिका कारण यसको सङ्ख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौरा बताउनुहुन्छ ।

निकुञ्जमा गणनाका क्रममा सन् २०२२ मा २४८, सन् २०२३ मा २११ र सन् २०२५ मा १८४ वटा सुनौलो तोपचरा फेला परेका थिए । यसले पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो क्रममा रहेको देखाउँछ ।

सुनौलो तोपचराको दीर्घकालीन संरक्षणका लागि प्राकृतिक घाँसेमैदानको संरक्षण, बासस्थानको उचित व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निकुञ्जका सहायक मुख्य संरक्षण अधिकत विनयकुमार झाले बताउनुभयो ।

उहाँका अनुसार हरेक वर्ष गरिने गणनाले यस दुर्लभ चराको अवस्था बुझ्न तथा प्रभावकारी संरक्षण योजना बनाउन महत्वपूर्ण आधार प्रदान गर्छ ।