१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार चार प्रतिवादी पक्राउ



अ+ अ-

तनहुँ । विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी  छन् । 

तनहुँ । लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । गुरुङ चार वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । 

लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका–२ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते दश दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । अधिकारी पनि चार वर्षपछि पक्राउ परेका हुन् । 

यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ ।  (रासस)