१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर युवकको मृत्यु



अ+ अ-

तनहुँ । आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । 

राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई रु २५ लाख दिनुपर्ने माग छ । (रासस)