१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारले प्रधानन्यायाधीश जबरालाई आइतबार पनि छेक्ने



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने घोषणा गरेको छ । 

आन्दोलनरत रहेको बारले सर्वोच्च अदालतमा धर्ना समेत दिने भएको छ ।

कानुन व्यवसायीहरुले बारको आह्वानमा शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । आन्दोलनकाबीच प्रधानन्यायाधीश जबरा भने वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।

सम्बन्धित समाचारः  सर्वोच्च अदालत अगाडि बारको प्रदर्शन, कानून ब्यावसायी बीच नै झडप 

                            प्रधानन्यायाधीशले निवासबाटै तोके आठवटा इजलास