१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अन्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ ।

हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन् । यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ। यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो ।

यसपटक पुष्प खड्कासँग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क छन् ।

नेपाली वेबसाइटको अफिसियल यू–ट्युवमा सार्वजनिक उक्त गीत दर्शक स्रोतामाझ निकै रुचाइएको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनुहुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउँछन् ।

यस गीतको भिडियोमा अन्य कलाकारहरू सोनी ल्वागुन, विवेक दत्त मंगेस र सुरेश वाग्लेको समेत अभिनय देख्न सकिन्छ ।