![](https://newspolar.com/wp-content/uploads/2022/03/FINAL.00_32_05_19.Still006_MZXHjfqNTC.jpg)
चितवन । नेकपा (एमाले)ले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।
आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो जानकारी दिएका हुन् ।
उनका अनुसार मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिवेशनको प्रचारप्रसार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु निर्माण गरिनेछ ।
यस्तै मंसिर ७ गते मोटरसाइकल र्याली हुने पनि भट्टराईले बताए ।