११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल
तस्बिर: प्रदीपराज वन्त/रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अव हामी छिट्टै केन्द्रिय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं । र तपाईहरुले पनि जिल्ला जिल्लामा अभियान बनाएर जानुस् । मैले पार्टीमा पनि यो सोच्दैछु । र अहिलेको नयाँ परिस्थितिमा हुन त मिडियामा आजकाल यो सोसल मिडियाको जमाना छ ।

आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमाग भित्र विभिन्न खालको विचारहरु हुल्दिने गरेको छ । राम्रा भन्दा नराम्रा, सकारात्मक भन्दा नकारात्मक कुराहरु हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ । त्यसलाई चीर्नका लागि हामी जनताको बीचमा जाने, हामीले पनि त्यसलाई सकारात्मक उद्देश्यको निम्ति सोसल मिडियालाई, आईटीलाई प्रयोग गर्ने, आईटी दशक सररकारबाट घोषणा गरिएको छ । कृषि दशक भनेर घोषणा गरिएको छ ।

यो सबै उत्पादन र रोजगारीको नयाँ परिस्थिति बनाउने कुरा गरिएको छ । त्यसका निम्ति तपाईहरुले पनि योजना र अभियान बनाउनु होला । पार्टीको पूरै साथ रहने विश्वासपनि दिलाउन चाहन्छु । अन्तिममा हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरु आउँछन । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदैछ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे–सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला ।

अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो । जतिदिन बसिन्छ, सामाजिक न्यायको निमित पनि काम गर्ने हो । जति दिन बसिन्छ, समृद्धिको निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो । तर म बसेकै छु । र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।

त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । तैपनि हामीले राजनीतिक दलसँग जे सम्झदारी गरेका छौं । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । हामी इमान्दारपुर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोली केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टी तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफनो काम गर्नुहोला । ’

प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो ।