• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

एमालेले महाधिवेशनको प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने



चितवन । नेकपा (एमाले)ले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।

आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो जानकारी दिएका हुन् । 

उनका अनुसार मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिवेशनको प्रचारप्रसार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु निर्माण गरिनेछ । 

यस्तै मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने  पनि भट्टराईले बताए ।