११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ
file photo
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताउनुभयो । मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उहाँले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन्, समस्यालाई सच्याएर अगाडि बढौँ ।”

उपप्रधानमन्त्री श्रेष्ष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गर्नुभयो । “राजनीतिक प्रणालीलाई प्रजातन्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रुपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उहाँले भन्नुभयो, “आर्थिक समृद्धिलाई तीव्र पारेर मुलुकलाई सवल बनाउनुपर्छ ।”

मुलुकमा वैचारिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिक दलभित्र शुद्धीकरणको अभियान चलाउनुपर्छ, राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन”, उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिकरुपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन नेपालका राजनीतिक दलहरु सक्षम रहेको बताउनुभयो । “नेपाललाई समृद्धि बनाउन हामी सक्षम छौँ, चुनौती छन् तर त्यसलाई अवसरमा परिणत गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताउनुभयो । “युवा राजनीतिमा मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान प्रविधिलगायत समाजका विविध क्षेत्रमा अगाडि आउनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकार र सरोकारवाला निकायले युवामैत्री नीति र वातावरण बनाउनुपर्छ ।”

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व र सीप विकास तथा उद्यमशीलता र स्वरोजगारको बाटोमा उन्मुख गराउन सीमित साधनस्रोतका बाबजुद परिषद् क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले तीनै तहका सरकारले युवा मैत्री वातावरण तयार गर्नेमात्र नभई स्वदेशमै उद्यमशील र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गणतन्त्र स्थापनापश्चात् मुलुकले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला उपलब्धि हासिल भएको उल्लेख गर्दै परिषद्का उपाध्यक्ष बस्नेतले भन्नुभयो, “शासकीय भूमिका तथा राज्यका निकायमा महिला, मधेसी, दलित, जनजातिलगायत अल्पसङ्ख्य तथा लोपोन्मुख समुदायको प्रतिनिधित्व बढेको छ ।” युवा पिँढीलाई भविश्यका कर्णाधारका रुपमा मात्र सीमित नगरी वर्तमानको साझेदार र हिस्सेदार बनाउन सक्दा मात्रै युवा जनसङ्खिक लाभबाट मुलुकले फाइदा लिन सक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले युवाको सीप, क्षमता र नेतृत्व विकासमा क्रियाशील विभिन्न सङ्घसंस्थालाई सम्मान गर्नुभएको थियो । रासस