२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटा र यूक्यानबिच सम्झौता



अ+ अ-

काठमाडौं । आसन्न सहिद स्मारक ए डिभिजन लिगको क्लब संकटा क्लब र यूक्यानबिच  स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा आज सम्झौता भएको छ । 

सहिद स्मारक ए डिभिजन क्लब संकटाले आज एक कार्यक्रमको आयोजना गरी यूक्यानसँग सम्झौता पत्रमा हस्ताक्षर  गरेको हो । यूक्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता भएसँगै यूक्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ ।

यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए । यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए । यस्तै अध्यक्ष तुलाधरले मुख्य प्रायोजकको लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो लाग्ने बताए । सोही कार्यक्रममा रवि शिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ । जस मध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावे रहेका छन् ।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदैछ । जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन् । नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ । जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदैछ ।