५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलनकाे तयारी



अ+ अ-

विराटनगरः राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम आज सम्पत्र भएको छ ।

जनताको घर दैलोमा सेवा पु¥याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने भनिएको छ । यसअघि मोरङको रङ्गेली नगरपालिका र धनपाल थान गाउँपालिकामा सो कार्य सम्पत्र भइसकेको छ । सरकारले यसवर्ष मोरङमा लगभग ४३ हजार नागरिकको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

नेपाली नागरिकताभन्दा पनि महत्वपूर्ण मानिएको राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्र, सम्पत्तिको कारोबार, नागरिकको परिचय, मतदाता नामावली, सामाजिक सुरक्षा, बैकिङ्ग तथा वित्तीय संस्थामा सेवा लिन उपयोग हुनुका साथै अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्त्तिगत घटना दर्ता, राजस्व सङ्कलन, राहदानी प्राप्ति र युटिलिटी सेवा, सुशासन तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा निकै उपयोगी हुने परिचयपत्रमा खटिएका कर्मचारी योगेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँले २०७५ सालदेखि लागु भएको यो व्यवस्थाअनुसार ७७ जिल्लाका नेपाली नागरिकता भएका नागरिकलाई यो परिचयपत्र वितरण गर्ने सरकारको योजनाअनुसार हालसम्म १७ वटा जिल्लामा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पत्र भइसकेको छ । यसवर्ष १६ वटा जिल्लाबाट ७० लाख नागरिकको विवरण सङ्कलन गर्ने कार्य चालु अवस्थामा रहेको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रको यो महत्वपूर्ण कार्यमा सबै जनप्रतिनिधिले सहयोग गर्नु पर्ने भन्दै छरिएर रहेका अभिलेखलाई एकीकृत गर्न राष्ट्रिय परिचयपत्रले ठूलो भूमिका निर्वाह गर्नेछ भन्नुभयो । सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले राष्ट्रको यो अभियानमा सहयोग गर्ने बताउनुभयो । उपप्रमुख मञ्जुकुमारी राईले नेपाली नागरिकताभन्दा पनि बहुउपयोगी यो परिचयपत्र सरकारले छिट्टै वितरण गर्नुपर्ने बताउनुभयो ।