५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको राष्ट्रपति भवनमा सहकर्मीले बलात्कार गरेको महिला सैनिकको आरोप, अनुसन्धान हुँदै



अ+ अ-

एजेन्सी । फ्रान्समा सरकारी अभियोजनकर्ताहरूले प्यारिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्ने थालेका छन्।

एक महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको स्थानीय सञ्चारमाध्यमसँग बताएकी हुन्।

बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ पनि सहभागी भएका थिए।

आरोपित व्यक्ति पनि सैनिक हुन्। यस विषयमा उनीसँग सोधपुछ गरिएको छ। तर हालसम्म उनीविरुद्ध कुनै अभयोग लगाइएको छैन।

लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको थियो।

पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए। पत्रिकामा जनाइ अनुसार उनीहरू एकअर्कासँग परिचित थिए।

राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचारसंस्थासँग भने, 'अधिकारीहरूलाई आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालियो।'

अहिले ती दुवै जनालाई अन्यत्र सरुवा गरिएको छ।

के भएको थियो ?
प्यारिसस्थित बीबीसी संवाददाता ह्यू शोफील्डका अनुसार गत जुलाई १ को साँझ राष्ट्रपति माक्रोँको व्यक्तिगत सुरक्षामा खटेका एक वरिष्ठ सैन्य अधिकारीलाई बिदा गर्न एलीजी दरबारमा उक्त भोज आयोजना गरिएको थियो।

राष्ट्रपति छोटो मन्तव्य राखेर निस्किए। तर पछि मदिरापानको कार्यक्रम चलिरहेको बताइन्छ। सोही कार्यक्रममा एक पुरुष सहकर्मीले आफूसँग यौनिक दुर्व्यवहार गरेको ती महिला सैनिकको दाबी छ।

घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिइन्। त्यसको केही समयपछि घटनाबारे आपराधिक अनुसन्धान सुरु भयो।

कथित पीडकलाई 'सहायताप्राप्त साक्षी'को रूपमा राखिएको थियो। त्यसको अर्थ उनी अभियोग लाग्नुभन्दा एक चरणअघि छन्।

विभिन्न घटना

केही वर्षयता फ्रान्सको समाजमा यौन दुर्व्यवहारका धेरै घटनाहरू बढ्दो रूपमा बाहिर आइरहेका छन्।

राष्ट्रपति माक्रोँले महिलाविरुद्ध हुने हिंसाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै उनको सरकारले गत मार्चमा भएका केही घटनाको प्रतिक्रियास्वरूप नयाँ कानुनी व्यवस्था अघि सार्‍यो।

अहिले फ्रान्समा सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष उमेर भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ।

आगामी वर्ष एप्रिल मा हुने निर्वाचनमा माक्रोँले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवारी दिने अनुमान गरिएको छ। यद्यपि हालसम्म उनले त्यसबारे औपचारिक घोषणा गरेका छैनन्। बीबीसी