१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गर्नु भएको हो ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उहाँले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पार्नु भएको जनाइएको छ । तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरुले पनि स्विकार गरेका थिए । 

महिलाहरुले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए । तालिवान नेताहरुले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ ।

तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरुको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरुले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरुले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ । 

त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान आउनु भएको हो । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उहाँ पाकिस्तान आउनु भएको छ । पाकिस्तान भ्रमणका क्रममा उहाँले अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्टसँग पनि भेटवार्ता गर्नु भएको छ । 

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुसँगै उहाँको बैठक भएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो।  

तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधिहरु बैठकमा सहभागी भएका थिए ।